मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अन्तर्राष्ट्रिय समाचार १० असोज २०८३, शनिबार

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, दुई ड्रोन र दुई क्षेप्यास्त्र रोकियो

Nepal Akhbar
रियाद र खमिस मुशैततर्फ प्रहार गरिएका ड्रोन तथा ब्यालेस्टिक क्षेप्यास्त्र रोकिएको साउदी नेतृत्वको गठबन्धनको भनाइ।

रियाद — यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी नेतृत्वको गठबन्धनले शनिबार दुई ड्रोन र दुई ब्यालेस्टिक क्षेप्यास्त्र रोकिएको जनाएको छ।

गठबन्धनका अनुसार हुथी समूहले राजधानी रियादसहित विभिन्न क्षेत्रमा आक्रमण गरेको थियो। साउदी हवाई प्रतिरक्षा प्रणालीले रियादतर्फ प्रहार गरिएका दुई ड्रोन पहिचान गरी नष्ट गरेको तथा दक्षिणपश्चिमी सहर खमिस मुशैततर्फ प्रहार गरिएका दुई ब्यालेस्टिक क्षेप्यास्त्र पनि रोकेको जनाएको छ। खमिस मुशैतमा महत्वपूर्ण हवाई सैनिक अड्डा रहेको छ।

इरान समर्थित हुथी समूहका आक्रमण गत जुलाईदेखि निरन्तर तीव्र हुँदै आएका छन्। लामो समयदेखि कायम युद्धविराम अन्त्य भएपछि यमनमा द्वन्द्व पुनः चर्किएको हो। पछिल्लो घटनाक्रमले यमनको द्वन्द्वलाई मध्यपूर्वमा जारी व्यापक तनावसँग जोडिने जोखिमसमेत बढाएको छ।

यसअघि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले साउदी अरबमाथि बढ्दो हुथी आक्रमणको निन्दा गर्दै त्यस्ता घटनामा महिला तथा बालबालिकासहित सर्वसाधारण घाइते भएको जनाएको थियो।

हुथी समूहले साउदी अरबमाथि समुद्री नाकाबन्दीसमेत लगाएको दाबी गरिएको छ। समूहले तेल बोकेका पानीजहाजमाथि आक्रमण गर्नुका साथै यमनको लाल सागर तटीय क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गर्दै साउदी भूमितर्फ क्षेप्यास्त्र प्रहार गर्दै आएको बताइएको छ। यसले क्षेत्रीय सुरक्षा र ऊर्जा बजारमा समेत असर पर्न सक्ने चिन्ता बढाएको छ।

हुथी राजनीतिक ब्युरोका सदस्य हेजाम अल–असदले समूहको सैन्य अभियान अझ ठूलो द्वन्द्वका लागि तयारी मात्र भएको बताएका छन्। उनले शनिबारको आक्रमणलाई पूर्णस्तरको युद्धका लागि ‘सानो अभ्यास’का रूपमा लिइएको दाबी गरेका छन्।

खाडी सहयोग परिषद्का महासचिव जासेम मोहम्मद अल्बुदाइवीले हुथी आक्रमणको निन्दा गर्दै यसलाई साउदी अरबको सार्वभौमसत्तामाथिको गम्भीर उल्लङ्घन बताएका छन्। उनले आक्रमणले सर्वसाधारणको सुरक्षा र क्षेत्रीय स्थायित्वमा प्रत्यक्ष खतरा उत्पन्न गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायलाई आक्रमण रोक्न तथा हुथी समूहलाई जवाफदेही बनाउन दृढ कदम चाल्न आग्रह गरेका छन्।

यसैबीच, यमनको शासकीय निकायका प्रमुख रशाद अल–अलिमीले शुक्रबार हुथी आक्रमणको सामना गर्न देशभर आम परिचालनको आह्वान गरेका थिए।

हुथी सेनाले यमनी सरकारी सेनाविरुद्ध सञ्चालन गरिरहेको स्थल अभियानका कारण मानवीय संकट थप गहिरिने जोखिम बढेको छ। संयुक्त राष्ट्रसंघका अनुसार अगस्टयता यमनमा १ लाख ३८ हजार मानिस विस्थापित भएका छन्, जसमा करिब ७० हजार बालबालिका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार