मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १८ भाद्र २०८३, बिहीबार

लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालियो

Nepal Akhbar
४१ जना अझै सम्पर्कविहीन, नेपाली सेना र प्राविधिक टोलीद्वारा खोज तथा उद्धार जारी

रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ। आयोजनामा बाढी तथा अन्य विपद्का कारण प्रभावित भएका व्यक्तिको खोजीका क्रममा सुरुङभित्रबाट दुई शव फेला परेको हो।

आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार नेपाली सेनाको खोज तथा उद्धार टोलीले सुरुङभित्रबाट दुई जनाको शव बाहिर निकालेको हो।

उनका अनुसार अहिले हाइड्रो–मेकानिकल इन्जिनियरसहितको प्राविधिक टोली सुरुङभित्र करिब १५० मिटर दूरीसम्म प्रवेश गरेर खोज तथा उद्धार कार्यमा जुटेको छ।

२० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा कार्यरत ४१ जना अझै सम्पर्कविहीन रहेको भट्टराईले जानकारी दिए। उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको प्राविधिक टोली परिचालन गरिएको छ।

बुधबार पनि उद्धार टोली सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरेर खोजीमा जुटेको थियो। बिहीबार बिहानैदेखि खोज तथा उद्धार कार्यलाई थप तीव्रता दिइएको आयोजनाले जनाएको छ।

सम्पर्कविहीन व्यक्तिको अवस्था यकिन गर्न सुरुङभित्रको जोखिमपूर्ण क्षेत्रमा समेत प्राविधिक टोली परिचालन गरिएको छ। उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार