मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार स्वास्थ्य १२ भाद्र २०८३, शुक्रबार

विपद्को अवस्थामा स्वास्थ्यकर्मीलाई बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

Nepal Akhbar
सार्वजनिक बिदाका दिनसमेत खोज, उद्धार र उपचार सेवाका लागि तयारी अवस्थामा रहन आग्रह

काठमाडौं —

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ।

मन्त्रालयले सार्वजनिक बिदाका दिनसमेत खोज, उद्धार तथा उपचार सेवाका लागि आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिएको हो।

मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार तथा राहतका काम भइरहेको उल्लेख गरिएको छ।

मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद् व्यवस्थापनमा आवश्यकताअनुसार परिचालन गर्न सक्ने गरी विशेष कारण र अत्यावश्यक कामबाहेक बिदा तथा काज स्वीकृत नगर्न/नगराउन निर्देशन दिएको छ।

त्यस्तै, खोज, उद्धार तथा उपचारसँग सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन तथा जिम्मेवार पदाधिकारीलाई सार्वजनिक बिदाका दिनसमेत कार्यालयमा उपस्थित भएर आवश्यक व्यवस्थापन गर्न भनिएको छ।

अन्य कर्मचारीलाई समेत अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई भने सार्वजनिक बिदाका दिनसमेत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा घाइते भएकाहरूको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले विपद्को समयमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन आवश्यक जनशक्ति तथा स्रोतसाधनको प्रभावकारी परिचालनमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार