४ असोज, काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुरबाट प्रहरीले करिब २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ।>
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा उक्त पदार्थ बरामद गरेको हो।>
प्रहरीका अनुसार डाक्नेश्वरी नगरपालिका–६ का भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गर्दा सदाेको घरबाट ५६ पोका र मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका गाँजाजस्तो देखिने पदार्थ बरामद भएको हो।>
बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ।>
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।>
>>