मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १५ असोज २०८३, बिहीबार

कैलालीमा जातीय विभेदको आरोपमा तीन शिक्षक पक्राउ

Nepal Akhbar
गौरीगंगा–६ स्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन शिक्षक पक्राउ परेका हुन्।

धनगढी – कैलालीमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन जना शिक्षक पक्राउ परेका छन्।

गौरीगंगा नगरपालिका–६, मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा शिक्षकहरू भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्याय पक्राउ परेको प्रहरीले जनाएको छ।

दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी हिरासिंह महराले जानकारी दिए।

जाहेरीमा दलित समुदायका विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षिका तथा कार्यालय सहयोगीमाथि जातीय विभेद गरेको आरोप लगाउँदै कानुनी कारबाहीको माग गरिएको छ।

प्रहरीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर विक, शिक्षिका बिना विक, कार्यालय सहयोगी लक्ष्मीदेवी दमाई तथा दलित समुदायका विद्यार्थीमाथि जातीय विभेद गरेको आरोप लगाइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार