काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ स्थित टाइमलाइन स्कुलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय विद्यार्थी मुमेन श्रेष्ठ बेपत्ता भएका छन्।>
श्रेष्ठ असोज ४ गते आइतबार बिहान करिब ६ः३० बजेदेखि काठमाडौंको गोठाटारस्थित पहिलो पुल आसपासबाट सम्पर्कविहीन भएका हुन्। परिवारका अनुसार श्रेष्ठ गहुँगोरो वर्णका र करिब ५.५ फिट अग्ला छन्।>
बेपत्ता हुँदाका समयमा उनले निलो ट्रयाकसुट लगाएको परिवारले जनाएको छ। उनको खोजीका लागि परिवारले प्रहरी प्रभाग काँडाघारीमा निवेदन दिएका छन्।>
प्रहरीले खोजी कार्य जारी राखे पनि हालसम्म श्रेष्ठको अवस्था पत्ता लाग्न नसकेको जनाएको छ।>
श्रेष्ठलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी हुने व्यक्तिलाई नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन परिवारले अनुरोध गरेको छ।>
साथै, ९८५११५१८३४, ९८२३००३५२७ वा ०१–४९१०१७७ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।>
>>