मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १२ असोज २०८३, सोमबार

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकमाथि अन्याय भएको भन्दै चिकित्सक संघको ध्यानाकर्षण

Nepal Akhbar
प्रथम वर्षका आवासीय चिकित्सकका माग तत्काल सम्बोधन गरी भयरहित वातावरणमा अध्ययन तथा स्वास्थ्य सेवा प्रवाहको व्यवस्था गर्न नेपाल चिकित्सक संघको आग्रह

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय चिकित्सकमाथि कलेज प्रशासनले अन्यायपूर्ण व्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघले प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्षको ध्यानाकर्षण गराएको छ।

संघले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र दर्ता गराउँदै आवासीय चिकित्सकका समस्या तत्काल समाधान गर्न आग्रह गरेको हो। संघका अनुसार नेसनल मेडिकल कलेजमा अध्ययनरत एमडी/एमएस प्रथम वर्षका आवासीय चिकित्सकहरू भदौ ३१ गतेदेखि आन्दोलनरत छन्।

अहोरात्र स्वास्थ्य सेवामा खटिने आवासीय चिकित्सकलाई कलेज प्रशासनले अनावश्यक मुद्दा लगाएर मानसिक दबाब दिने, सार्वजनिक बिदाका दिनमा बिदा नदिने तथा सरकारी आठौँ तहसरह पाउनुपर्ने निर्वाह भत्ता रोक्ने जस्ता कार्य गरेको संघले जनाएको छ।

त्यस्तै, बिनाकारण गयल कट्टी गर्ने, मानसिक दबाब दिने तथा कारबाही गर्ने गरिएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिन बाध्य भएको संघले उल्लेख गरेको छ।

आवासीय चिकित्सकहरूले उठाएका मागका विषयमा कलेज व्यवस्थापनसँग पटक–पटक छलफल भए पनि कुनै माग सम्बोधन नभएको संघको दाबी छ। प्रचलित कानुन तथा श्रम ऐनविपरीत चिकित्सकमाथि दबाब सिर्जना गरिएको पनि संघले जनाएको छ।

संघले चिकित्सकहरूलाई भयरहित वातावरणमा अध्ययन गर्न तथा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ।

कलेज प्रशासनले चिकित्सकका माग तत्काल सम्बोधन नगरे चिकित्सा शिक्षा आयोगमार्फत आवश्यक कारबाही प्रक्रिया अघि बढाउनसमेत संघले माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार