श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’ जस्ता समूहहरूसँग गृहमन्त्री सुधन गुरुङले वार्ता गरेकोमा आपत्ति जनाएका छन् । >
मंगलबार बसेको प्रतिनिधिसिभा बैठकमा अध्यक्ष साम्पाङले नेपाल एक सार्वभौम देश भएकाले यहाँ ’नेपाली सेना’ बाहेक अन्य कुनै सेनाको अस्तित्व हुन नसक्ने बताए । उनले>
’हिन्दू सम्राट सेना’ जस्ता समूहहरूसँग गृहमन्त्रीले वार्ता गरेकोमा आपत्ति जनाएका हुन् । यस्ता ’सेना’ नाम जोडिएका समूहहरूलाई सरकारले प्रतिबन्ध-निषेध गर्नुपर्ने र तिनीहरूसँग वार्ता गर्न नहुने उनले बताए ।>
त्यस्तै अध्यक्ष साम्पाङले आफू जनकपुर जान खोज्दा एउटा समूहले बाटो छेक्ने र निषेध गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाए ।
साउन
५ गते जनकपुरमा श्रमदाताहरूमाथि अज्ञात समूहबाट कुटपिट भएको र त्यसबारे
गृहमन्त्रीलाई जानकारी गराउँदा पनि कारबाही नभएको भन्दै उनले सरकारको जवाफ
माग गरे । >
नले कोशी ब्यारेजमा रहेका ५६ वटा ढोकाहरू बर्खायाममा थुनेर राख्दा नेपालको आफ्नै भूभाग डुबानमा पर्ने गरेको भन्दै डुबानको समस्यामा सरकार गम्भीर हुनुपर्ने बताए ।>
उनले सुनसरी लगाएतका स्थानमा हालै घटेका घटनाहरूको निष्पक्ष र सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिए ।>
>>