मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २५ असोज २०८३, आइतबार

पहिरोले नदी थुनिएपछि बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान

Nepal Akhbar
बाढीको उद्गमस्थल र आसपासका क्षेत्रमा ठूलो वर्षा नभएको महाशाखाको भनाइ, माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी थुनिएको हुन सक्ने प्रारम्भिक आकलन

काठमाडौं । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढी माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि आएको हुन सक्ने अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले जारी गरेको विज्ञप्तिमा बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी ल्याउने गरी वर्षा नभएको उल्लेख गरिएको छ।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईका अनुसार पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्र वर्षा भएको थियो।

‘प्रारम्भिक सूचना तथा भू–उपग्रह तस्बिरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको छ,’ भट्टराईले भने।

वर्षा न्यून भए पनि नदीमा अचानक बाढी आउनुले माथिल्लो क्षेत्रमा पहिरोका कारण पानी थुनिएर एक्कासि बगेको हुन सक्ने आशंका गरिएको हो। यद्यपि, बाढी आउनुको वास्तविक कारण पुष्टि हुन थप अध्ययन तथा स्थलगत विवरण आवश्यक पर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार