मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २५ भाद्र २०८३, बिहीबार

पैसा नभएको भन्दै अस्पतालले भर्ना नलिएपछि फुटपाथमै बच्चा जन्माइन् महिला

Nepal Akhbar
राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार नपाएको पीडित पक्षको आरोप, अस्पताल प्रशासनले भने घटनाबारे छानबिन गर्ने

२५ भदौ, जनकपुरधाम । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा प्रसूति गराउन पुगेकी एक विपन्न महिलाले अस्पतालले भर्ना नलिएपछि फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएको छ ।

राजविराज नगरपालिका–१४ पर्साहीकी वविता पासवानले आफूलाई प्रसूति व्यथा लागेपछि मंगलबार राति करिब १ः३० बजे श्रीमान् हरेराम पासवानसहित अस्पताल पुगेको बताएकी छन् । उनका अनुसार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले अल्ट्रासाउन्ड तथा रगत र पिसाब परीक्षण गर्नुपर्ने र त्यसका लागि करिब २ हजार ५०० रुपैयाँ लाग्ने बताए ।

आफूसँग पैसा नभएको जानकारी गराउँदै तत्काल भर्ना गरिदिन आग्रह गरे पनि जाँच नगरी प्रसूति गराउन नमिल्ने भन्दै अस्पतालबाट बाहिर पठाइएको वविताको आरोप छ ।

अस्पतालबाट बाहिरिएपछि उनी नजिकैको औषधि पसल अगाडि पुगेकी थिइन् । त्यहाँ केही समय बसेपछि प्रसूति व्यथा बढेको र आफन्तहरूको सहयोगमा उनले फुटपाथमै छोरालाई जन्म दिएको बताइएको छ ।

बच्चा जन्मिएपछि परिवारले सालनालसहित शिशुलाई लिएर पुनः अस्पताल पुगेको भए पनि तत्काल भर्ना नगरिएको वविताको दाबी छ । स्वास्थ्यकर्मीले बाहिर जान भनेपछि आफूहरू घर फर्किएको उनले बताएकी छन् ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकारी अस्पतालको सेवा प्रणालीमाथि प्रश्न उठेको छ । भिडियोमा महिला सडक पेटीमा प्रसूति पीडाले छट्पटाइरहेको र आफन्तहरूले उनको स्याहार गरिरहेको देखिन्छ ।

तर अस्पतालका फ्रि हेल्थ सर्भिस फोकल पर्सन मनोज देवले भने फरक दाबी गरेका छन् । उनका अनुसार महिला राति अस्पताल आएपछि पीपी जाँच गरिएको र आवश्यक स्वास्थ्य परीक्षणका लागि ल्याबमा पठाइएको थियो । उनीहरू ल्याबबाट बाहिरिएपछि बिहान करिब ५ बजे बच्चा जन्मिसकेपछि मात्रै अस्पतालमा फर्किएको देवको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले आफूले भिडियो हेरेपछि घटनाबारे जानकारी पाएको बताएका छन् । उनका अनुसार महिला बच्चा जन्माइसकेपछि बिहान करिब ४ बजे अस्पताल आएको जानकारी आफूलाई प्राप्त भएको थियो ।

डा. झाले आफू हाल काठमाडौंमा रहेको भन्दै घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गर्ने तयारी भइरहेको बताएका छन् ।

सरकारी तथा निजी अस्पतालमा विपन्न तथा गरिब नागरिकका लागि निश्चित प्रतिशत शय्या छुट्याउनुपर्ने कानुनी व्यवस्था छ । यस्तो अवस्थामा सरकारी अस्पतालकै परिसरबाहिर प्रसूति व्यथामा रहेकी महिलाले सडकमा बच्चा जन्माउनुपरेको घटनाले स्वास्थ्य सेवामा पहुँच र विपन्न नागरिकप्रतिको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार