मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २० असोज २०८३, मङ्गलबार

तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल

Nepal Akhbar
नेपालतर्फ सडक तथा पूर्वाधार सञ्चालनका लागि तयारी पूरा, चिनियाँ पक्षको अनुमति पर्खाइमा सरकार

२० असोज, काठमाडौं — पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन्।

सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको जानकारी दिएका हुन्।

उनका अनुसार तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्षले आवश्यक सडक तथा पूर्वाधारको काम तत्काल अघि बढाइसकेको छ। नाका सञ्चालन गर्न नेपालतर्फ कुनै कठिनाइ नरहेको र चीनसँग दैनिकजसो संवाद भइरहेको उनले बताए।

मन्त्री लम्सालले विपद्का कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले सडक तथा अन्य पूर्वाधार पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए।

चिनियाँ पक्षबाट भने नाका सञ्चालनका लागि अझै अनुमति प्राप्त नभएको उनले जानकारी दिए। विपद्को अवस्थामा नाका सञ्चालन गर्न चीनले अझै ‘ग्रिन सिग्नल’ नदिएको भन्दै उनले संवाद र प्रयास जारी रहेको बताए।

“हामी प्रयास गरिरहेका छौं । मलाई लाग्छ, चाँडै नै हामी नाका खोल्न सफल हुनेछौं,” मन्त्री लम्सालले भने।

त्यस्तै, चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउन पनि सरकारले योजना बनाइरहेको मन्त्री लम्सालले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार