सर्लाही। सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।>
शनिबार बिहान करिब ८ः१५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना.१ ज ६३०८ नम्बरको म्याजिक जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।>
दुर्घटनामा गम्भीर घाइते भएका मलंगला नगरपालिका–७ गणेशियाका ३० वर्षीय अरविन्द साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा बिहान ९ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।>
दुर्घटनापछि म्याजिक जिपका चालक हरिपुर नगरपालिका–२ हरिपुर बजारका ३३ वर्षीय नजामुदिन बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ।>
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>
>>