५ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित चोकको बस स्टपअगाडि बसमा आगलागी हुँदा चालक घाइते भएका छन्।>
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गर्दै चालक घाइते भएको जानकारी दिएका छन्।>
उनका अनुसार घाइते चालकलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।>
आगलागी भएको बसको नम्बर बा ५ ख ४२७४ रहेको प्रहरीले जनाएको छ। बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा रहेको बताइएको छ।>
प्रहरीका अनुसार चालक बसभित्रै रहेका बेला आगलागी भएको थियो। त्यसैले घटनालाई शंकास्पद रूपमा समेत हेरिएको छ।>
आगलागीको वास्तविक कारणबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।>
>>