काठमाडौँ । सरकार र सिराहा, गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएको गणेश यादवको परिवाबीच सहमति भएको छ । शुक्रबार मध्यराति यादव परिवार र गृहमन्त्री सुधन गुरूङबीच सात बुँदे सहमति भएको हो ।>
मृतक गणेश यादवलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रकृया तत्काल अगाडि बढाउने सहमति भएको छ ।>
साथै मृतकका परिवारलाई दस लाख नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने, साउन १४ गते गोलबजार बजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उपर प्रचलित कानून बमोजिम आवश्यक कारवाही प्रकृया तत्काल अगाडि बढाउने सहमति भएको छ ।>
त्यस्तै मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने, उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानून बमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रकृया अगाडि बढाउने सहमति भएको छ ।>
यस्तै, मृतकको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने। साथै आवास निर्माणका लागि आवश्यक पहल गर्ने सहमति भएको छ ।>
मृतकको शनिबार बिहान १० बजे अन्तिम संस्कार गर्ने र मृतकका भाइ र बहिनीको निःशुल्क शिक्षा र मृतकको बुबाआमाको सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गर्ने पनि सहमति भएको छ ।>>