काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्।>
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले विपद्को यस परिस्थितिमा नेपाल सरकार र बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग तथा ऐक्यबद्धताप्रति आभार व्यक्त गरे।>
भेटका क्रममा जापानी राजदूत तोरुले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जापान सरकारका तर्फबाट नेपाललाई समवेदना व्यक्त गरेका थिए।>
राजदूत तोरुले विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि जापानले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको जनाइएको छ।>
भेटवार्तामा नेपाल–जापानबीचको आपसी सम्बन्ध तथा विभिन्न क्षेत्रमा भइरहेको सहकार्यका विषयमा पनि छलफल भएको बताइएको छ।>
>>