मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २० असोज २०८३, मङ्गलबार

बागमतीमा उज्यालो नेपालको सरकार बन्ने कुलमान घिसिङको दाबी

Nepal Akhbar
प्रदेशदेखि संघसम्म नेतृत्वदायी भूमिका निर्वाह गर्ने उज्यालो नेपालको दाबी

२० असोज, काठमाडौं — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्।

मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका अध्यक्ष घिसिङले सञ्चारकर्मीसँग कुराकानी गर्दै बागमतीमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गरे।

उनले उज्यालो नेपाल प्रदेशमा मात्र सीमित नरहने र संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढिरहेको बताए। बागमती प्रदेशमा सरकार गठन गरेपछि संघीय सरकारको नेतृत्वसमेत आफ्नो पार्टीले गर्ने उनको दाबी थियो।

घिसिङले उज्यालो नेपाल कुनै जाति, धर्म वा समुदाय विशेषको पार्टी नभएको स्पष्ट पार्दै विभेदको अन्त्य, सुशासन र समग्र देशको विकासलाई पार्टीले प्राथमिकतामा राखेको बताए।

उनका अनुसार पार्टीले कुनै वाद–प्रतिवादमा अल्झिनुभन्दा मध्यमार्गी बाटोबाट अघि बढ्दै आर्थिक रूपान्तरणलाई प्राथमिकता दिनेछ। आर्थिक रूपान्तरणको मुख्य आधार ‘हरित क्रान्ति’लाई बनाउने उनले बताए।

“बागमती प्रदेशबाट सुरु गर्दै देशका सबै क्षेत्रमा सुशासन, विकास र आर्थिक समृद्धिको एजेन्डा लिएर अघि बढ्ने हाम्रो लक्ष्य हो,” घिसिङले भने, “प्रदेशदेखि संघसम्म नेतृत्वदायी भूमिका निर्वाह गर्दै देशलाई आर्थिक रूपमा रूपान्तरण गर्ने हाम्रो संकल्प छ।”

उनले उज्यालो नेपालको उद्देश्य केवल सत्ता प्राप्ति नभएको पनि बताए। देशको आर्थिक रूपान्तरण, सुशासन कायम गर्नु तथा विभेद अन्त्य गर्नु पार्टीका प्रमुख लक्ष्य रहेको उनको भनाइ छ।

अध्यक्ष घिसिङले वर्तमान सरकारले गठन भएको करिब ६ महिनाको अवधिमा जनतामा अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गरे। जेनजी आन्दोलनको मर्मलाई आत्मसात गर्दै सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो, त्यसअनुसार अघि बढ्न नसकेको उनको धारणा थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार