मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २६ भाद्र २०८३, शुक्रबार

रसुवा–नुवाकोटका बाढी प्रभावित क्षेत्रमा विशेषज्ञ स्वास्थ्य टोली जाँदै

Nepal Akhbar
मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्य सेवाका लागि विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन गरिँदै

२६ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली नुवाकोट पठाइने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तर राख्दै आवश्यकता पहिचानका आधारमा थप विशेषज्ञ सेवा उपलब्ध गराउने निर्णयअनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन गर्न लागेको हो।

यसअघि नै बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरी सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसँग सम्बन्धित विशेषज्ञ सेवाको थप आवश्यकता देखिएपछि नयाँ टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ।

टोलीमा कान्ति बाल अस्पतालकी ११औँ तहकी बालरोग विशेषज्ञ डा. बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ र डा. श्रीराम खड्का तथा सोही अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. धनबहादुर रहेका छन्।

विशेषज्ञ टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीय आवश्यकताका आधारमा मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसम्बन्धी उपचार तथा परामर्श सेवा प्रदान गर्नेछ। टोलीसँग आवश्यक औषधि र स्वास्थ्य सामग्रीसमेत पठाइने मन्त्रालयले जनाएको छ।

बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले आवश्यकताको पहिचान गरी थप विशेषज्ञ जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री परिचालन गर्दै आएको छ।

मन्त्रालयले विपद्बाट प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य टोलीको परिचालन तथा सेवा विस्तारलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार