मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १४ भाद्र २०८३, आइतबार

त्रिशूलीमा आएको भीषण बाढीले चरौँदीको झोलुङ्गे पुल बगायो

Nepal Akhbar
गोरखा र धादिङ जोड्ने पुल बाढीले चुँडाल्यो, धवादीको अर्को झोलुङ्गे पुलमा समेत क्षति

काठमाडौं । त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखा र धादिङ जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल बगाएको छ।

आइतबार बिहान त्रिशूली नदीमा आएको भीषण बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल चुँडालेर बगाएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान आएको बाढीले पुलमा क्षति पुर्‍याउँदै अन्ततः झोलुङ्गे पुल बगाएको हो।

यसैगरी, बाढीले त्रिशूली नदीमाथि बनेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको छ।

त्रिशूली नदीमा बाढीको बहाव अत्यधिक बढेका कारण धवादीको झोलुङ्गे पुलसमेत बगाउने अवस्थामा पुगेको गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिएकी छन्।

बाढीका कारण पुलमा क्षति पुगेपछि स्थानीय बासिन्दाको आवतजावतमा समस्या उत्पन्न भएको छ। नदीको बहाव अझै बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार